Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एक लाख ३७ हजारको मनोनयन दर्ता

एक लाख ३७ हजारको मनोनयन दर्ता

images
  • समाचार
  • बैशाख १३, २०७९ मंगलवार ११:३० बजे
  • 763
    SHARES
  • एक लाख ३७ हजारको मनोनयन दर्ता
    images

    काठमाडौँ,  वैशाख १३ ।  स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आज बिहान ७:३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ।

     

    यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ। वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। 

     

    सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology