काठमाडौं, बैशाख १२ । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा र एक हजार १३३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको छ। आज कुल चार हजार ७७५ जनामा कोरोना परीक्षण गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन।
देशभर आज एक लाख तेइस हजार २१० जनाले कोरोना बिरुद्दको खोप लगाएका छन्। हाल देशभर सकृय सङ्क्रमित २७१ जना छन्।




