१२ वर्षपछि युरोको नकआउट चरणमा- नेदरल्याण्ड्स
युरो २०२० को समूह सी बाट लगातार जितपछि नेदरल्याण्ड्सले नकआउट चरणमा प्रवेश पाएको छ । समूहको दोस्रो खेलमा डच टोलीले अस्ट्रियालाई आम्स्टर्डम स्थित याहान क्रुएफ एरिनामा २–० गोलले हरायो ।
फ्र्याक डी बोर प्रशिक्षित नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो । अस्ट्रियाविरुद्ध गएराति खेलिएको खेलमा १२ हजार समर्थकलाई रंगशाला प्रवेश दिइएको थियो ।
पेनाल्टी गोलमार्फत खेलको सुरुआती समयमै नेदरल्याण्ड्सले अग्रता बनाएको थियो ।
उत्कृष्ट प्रदर्शनलाई निरन्तर राख्दै दोस्रो हाफमा डम्पफ्राइजले नै नेदरल्याण्ड्सका लागि दोस्रो गोल गर्न सफल रहे ।
पछिल्लो दुई संस्करणमा नकआउट चरण पुग्न नसकेको नेदरल्याण्ड्स सन् २००८ पछि पहिलोपल्ट अन्तिम १६ मा छनोट भएको छ ।




