Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन

बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन

images
  • खेलकुद
  • बैशाख ११, २०७९ आइतवार १३:३० बजे
  • 1.6K
    SHARES
  • बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन
    images

    काठमाडौं, बैशाख ११ । जर्मन क्लासिकेरमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ। शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको छ। 

     

    एलिएन्ज एरिनामा बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे। डर्टमुन्डका इम्री क्यानले एक गोल फर्काए। खेलको १५औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो। 

     

    ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। ४२औं मिनेटमा इम्री क्यानले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। तर, ८३औं मिनेटमा जमल मुसियालाले मार्सेल सवित्जरको पासमा गोल गर्दै बायर्नको जित पक्का गरे।

     

    यो जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको डर्टमुन्डको समान खेलबाटै ६३ अंक छ । जुन १२ अंकको अन्तर हो।

     

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology