Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

पैंतीस हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै

पैंतीस हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै

images
  • समाचार
  • बैशाख ११, २०७९ आइतवार ११:१२ बजे
  • 889
    SHARES
  • पैंतीस हजार पदका लागि उम्मेदवारी दर्ता हुँदै
    images

    काठमाडौं, वैशाख ११ । निर्वाचन आयोगले स्थानीय तहका ३५ हजार २२१ पदका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गर्दैछ।

     

    स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २२१ पदका लागि आइतबार र सोमबार देशभरका निर्वाचन कार्यालयमा उम्मेदवार दर्ता हुन लागेको हो। आयोगले उम्मेदवार दर्ताका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको समय छुट्याएको छ।

     

    आइतबार र सोमबार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका लागि उम्मेदवार मनोनयन दर्ता हुन लागेको हो। यसैगरी, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य दुईजना खुलाका लागि उम्मेदवार दर्ता हुने छ।

     

    छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाका लागि निर्वाचन हुँदैछ । त्यस्तै, ४६० गाउँपालिका, ७५३ नपालिका–गाउँपालिका, ७७ जिल्ला समन्वय समिति र ६७ सय ४३ वडामा निर्वाचन हुँदैछ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology