Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

हेटौडामा निर्माणाधिन् मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौडामा निर्माणाधिन् मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

images
  • समाचार
  • बैशाख ९, २०७९ शुक्रवार ११:३१ बजे
  • 673
    SHARES
  • हेटौडामा निर्माणाधिन् मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
    images

    काठमाडौं, बैशाख ९ । हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ। गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक समेत  तोडफोड गरेका छन्।

     

    बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा(९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए।

     

    मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology