Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड !

स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड !

images
  • समाचार
  • आषाढ ५, २०७८ शनिवार १३:४९ बजे
  • 682
    SHARES
  • images

     

    काठमाडौं,

    स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) ले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ । जसमा नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको देखिन्छ । गतसाता सार्वजनिक गरिएको विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ ।

    सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ ।  नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो । स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र कति संख्या भन्ने उल्लेख हुँदैन । वित्तिय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ ।

    २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # swiss bank
  • # black money
  • # nepal bank

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology