Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फ्रेन्च लिग वानको पीएसजी उपाधि नजिक

फ्रेन्च लिग वानको पीएसजी उपाधि नजिक

images
  • खेलकुद
  • बैशाख ८, २०७९ बिहिवार ११:३३ बजे
  • 421
    SHARES
  • फ्रेन्च लिग वानको पीएसजी उपाधि नजिक
    images

    काठमाडौँ, वैशाख ८ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ। बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई उसैको मैदानमा  ३–० गोलले हरायो। पीएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गरेका थिए। 

     

    एकपक्षीय खेलमा एमबाप्पेले २८औँ मिनेटमा गोलको खाता खोलेका थिए। उनले अचरफ हाकिमीको पासमा गोल गरेका हुन्। पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउएका हुन्। ७७औँ मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई सजिलै जिताउ सफल भए। 

     

    दोस्रो हाफको इन्जुरी समयमा पीएसजी १० खेलाडीमा समेटिएपनि एन्जर्सले गोल फर्काउन भने सकेन।  जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३३ खेलबाट ७७ अंक बनाएको छ। पीएसजीले दोस्रो स्थानको मार्सेलीभन्दा १५ अंकले अगाडि छ।  दोस्रो स्थानमा रहेको मार्सेलीको ६२ अंक छ। पराजित एन्जर्स ३४ अंक सहित १४औँ स्थानमा छ। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology