इटली पुग्यो नकआउट चरणमा
स्वीट्जरल्याण्डलाई ३–० ले पराजित गरेपछि रोवर्टो मान्चिनी नेतृत्वको इटली युरो २०२० मा नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । टर्कीलाई अघिल्लो खेलमा ३–० ले नै हराएको इटलीले स्वीस् टोलीमाथि घरेलु मैदान रोम मा सहज जित निकाल्यो ।
२६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गरेसँगै पहिलो हाफमा अघि रहेको इटलीले दोस्रो हाफको सुरुमै अग्रता बढायो । यसपल्ट पनि लोकाटेलीलै सफल रहे । सीरो इम्मोबाइलले खेलको अन्तिम मिनेटमा गोल गरी ३–० को जित निश्चत गरे ।
स्वीटजरल्याण्डसँगको विजय इटली को लगातार दशौं जित हो । इटली २९ खेलको अविजित यात्रामा छ ।




