Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काममा फर्किदै गर्भनर अधिकारीले भने, 'कसैसँग पूर्वाग्रह राख्दिन'

काममा फर्किदै गर्भनर अधिकारीले भने, 'कसैसँग पूर्वाग्रह राख्दिन'

images
  • समाचार
  • बैशाख ७, २०७९ बुधवार १२:२० बजे
  • 340
    SHARES
  • काममा फर्किदै गर्भनर अधिकारीले भने, 'कसैसँग पूर्वाग्रह राख्दिन'
    images

    काठमाडौं, बैशाख ७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किएका छन्। २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको हो

     

    १२ दिनपछि आज कार्यालय फर्किएका गर्भनर अधिकारीले सिस्टमलाई साथ दिएकोले मिडियालाई समेत धन्यावाद दिए। 'सर्वोच्चबाट सिस्टमको लागि आएका आदेश हो। यहाँहरुले पनि सिस्टममा बोलिदिनु भा छ। सबैलाइ  धन्यवाद र आभार ,व्यक्त गरेर अफ्नो जिम्मेवारप्मी फर्कन चाहन्छु।'

     

    अर्थमन्त्रीसँगको अबको सम्बन्ध र काम गर्न सहजता कस्तो रहन्छ भन्ने पत्रकारकाे प्रश्नमा उनले आफूले कुनै आग्रह पूर्वाग्रह नराख्ने बताए।  'हामी व्यक्तिभन्दा संस्था नै हौं। गर्भनर राष्ट्र बैंक अर्थमन्त्रालय भनेको संस्था नै हो। विभिन्न घटना परिघटनाले यस्ता स्थितिहरु ल्याउँछ। तर हामीले जिम्मेवारीहरु निर्वाह गरिराख्दा गर्नुपर्ने सम्पर्क समन्वय नियमित रुपमा गछौं, त्यसमा कुनै आग्रह पूर्वाग्रह राख्ने भन्ने हुदैन'

     

    न्यायाधीश हरि फुयालको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # gavarnnar

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology