Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चुनाव लड्न जनप्रतिनिधिले अनिवार्य राजीनामा गर्नुपर्ने

चुनाव लड्न जनप्रतिनिधिले अनिवार्य राजीनामा गर्नुपर्ने

images
  • समाचार
  • बैशाख ६, २०७९ मंगलवार १७:१९ बजे
  • 325
    SHARES
  • चुनाव लड्न जनप्रतिनिधिले अनिवार्य राजीनामा गर्नुपर्ने
    images

    काठमाडौं, बैशाख ६ ।  सर्वोच्च अदालतले जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने  प्रावधानका विरूद्द परेको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ। 

     

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहितामा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो। उक्त प्रावधान खारेज गर्न माग गर्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च‍मा गत ७ चैतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाई गर्दै ८ चैतमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

     

    निर्वाचन आयोगले अल्पकालीन अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो। न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरेको प्रावधान कार्यान्वय गर्ने बाटो खुलाएको हो। 

     

    योसँगै अब बहालवाला जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्र उम्मेदवारी दिन पाउनेछन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # sarbochcha adalat

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology