काठमाडौं, बैशाख ४ । स्याङ्जाको वालिङ नगरपालिका १२ स्थित डाँडाखर्कमा आइतबार बिहान जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको छ। अन्य २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ । जीपमा १३ जना सवार थिए।
घाईते ४ जनालाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङले जनाएको छ।




