Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

अरूण दासको हत्याका चार आरोपी बाेर्डरबाट पक्राउ

अरूण दासको हत्याका चार आरोपी बाेर्डरबाट पक्राउ

images
  • समाचार
  • बैशाख २, २०७९ शुक्रवार १३:५८ बजे
  • 337
    SHARES
  • अरूण दासको हत्याका चार आरोपी बाेर्डरबाट पक्राउ
    images

    काठमाडौं बैशाख २ । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले ४ जनालाई भारतबाट पक्राउ गरेको हो। 

     

    पक्राउ परेकाहरुलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दिलिप दास, मनोज भण्डारी, वमबहादुर बोहरा, सुमित साउद रहेका छन्। उनीहरू सबै १९ वर्षका हुन्। प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले बोर्डरबाट हिजो पक्राउ गरेको थियो।

     

    कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा विभत्स शव फेलापरेको थियो। अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology