काठमाडौँ, वैशाख १ । आजदेखि नयाँ वर्ष २०७९ प्रारम्भ भएको छ। नयाँ वर्षको उपलक्ष्यमा देशभर सबै नेपालीले आपसी सद्भाव, प्रेम र शुभकामना साटासाट गरी नयाँ वर्ष उत्सव मनाइरहेका छन्।
गएको वर्षभरि भए गरेका कामकारबाहीको समीक्षा गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू बनाउने गरिन्छ। यो परम्परा परापुर्व कालदेखि नै चलिआएको छ। आम नेपाली समुदायभित्रका विभिन्न समुदायका सबैले आ-आफ्नो संस्कृतिअनुसार मान्दै आएका ऋतु, पर्व विशेषलाई नयाँ वर्ष अर्थात् नयाँ शुरुआतको दिनको रुपमा लिन्छन्।




