युरो २०२०: पहिलो हाफमा रुसलाई फिनल्यान्ड विरुद्ध अग्रता
काठमाडौं । समूह ‘बी’ अन्तर्गत सेन्ट-पिटर्सबर्गमा जारी रुसविरुद्धको पहिलो हाफमा पहिलो पटक युरोपियन च्याम्पियनसिप खेलिरहेको फिनल्यान्ड १-० ले पछाडि परेको छ ।
सुरुआतदेखि निरन्तर आक्रमण गरेको रुसले पहिलो हाफको इन्जुरी समयमा अलेक्सी मिरानचुकले गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको हो।
फिनल्यान्डका लागि खेलको चौथो मिनेटमै जोइल पोजान्पालोले गरेको गोल भिडिओ असिस्टेन्ट रेफ्रीले अफसाइडका कारण रद्द गरिदिएका थिए ।




