Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आजबाट मेलम्ची खोलाको पानी पुनः सञ्चालनमा

आजबाट मेलम्ची खोलाको पानी पुनः सञ्चालनमा

images
  • समाचार
  • चैत्र २९, २०७८ मंगलवार ११:११ बजे
  • 934
    SHARES
  • आजबाट मेलम्ची खोलाको पानी पुनः सञ्चालनमा
    images

    काठमाडौँ, चैत २९ । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। मङ्गलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाउन लागिएको हो।

     

    असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो।

     

    नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो। क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो। सरकारको लक्ष्यअनुरूप निर्धारित समयमा आयोजना पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयले कार्ययोजनासहित काम अघि बढाएको थियो।

     

    मङ्गलबार आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुङमार्गमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आउनेछ। 

     

     

    images
  • सम्बन्धित विषय:

  • # melamchi khanepani

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology