Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टाभित्र २२ जनामा कोरोना सङ्क्रमण, ४६ जना सङ्क्रमणमुक्त

२४ घण्टाभित्र २२ जनामा कोरोना सङ्क्रमण, ४६ जना सङ्क्रमणमुक्त

images
  • समाचार
  • चैत्र २८, २०७८ सोमवार १६:२४ बजे
  • 370
    SHARES
  • २४ घण्टाभित्र २२ जनामा कोरोना सङ्क्रमण, ४६ जना सङ्क्रमणमुक्त
    images

    काठमाडौं, चैत २८ । पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पाॅच हजार १४४ जनामा परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा र एक हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन। मन्त्रालयका अनुसार आज ४६ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। उक्त समयमा देशभर पन्ध्र हजार ३५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। हाल देशभर ५६८ सकृय सङ्क्रमित छन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # #कोभिड

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology