Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै मुलुकको विकास हुन्छ: प्रधानमन्त्री

गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै मुलुकको विकास हुन्छ: प्रधानमन्त्री

images
  • समाचार
  • चैत्र २४, २०७८ बिहिवार ११:१२ बजे
  • 325
    SHARES
  • गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै मुलुकको विकास हुन्छ: प्रधानमन्त्री
    images

    काठमाडौँ, चैत २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै मुलुकको विकास हुने बताएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभालाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताए।

     

    स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव हुने बताउँदै उनले भने, “प्रतिष्ठानले आम जनसमुदायलाई पु-याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्न आवश्यक छ।”

     

    स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको पनि उनले बताए।

     

    विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारका लागि प्रतिष्ठानले पु-याएको सेवा प्रशंसनीय रहेको प्रधानमन्त्रीले बताए। उनले भने, “भविष्यमा सिर्जना हुनसक्ने स्वास्थ्यसम्बन्धी सङ्कट व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिने विश्वास लिएको छु। प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग निरन्तर रूपमा उपलब्ध गराउन सरकार सकारात्मक रहेको पनि उनले सभामा जानकारी गराए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology