Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कंगोमा विद्रोहीको आक्रमणमा एक जना नेपली शान्ति सैनिकको मृत्यु

कंगोमा विद्रोहीको आक्रमणमा एक जना नेपली शान्ति सैनिकको मृत्यु

images
  • समाचार
  • चैत्र २३, २०७८ बुधवार १२:०२ बजे
  • 1.6K
    SHARES
  • कंगोमा विद्रोहीको आक्रमणमा  एक जना नेपली शान्ति सैनिकको मृत्यु
    images

    काठमाडौं, चैत २३ । शान्ति स्थापनार्थ कङ्गोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ।

     

    अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए। आक्रमणबाट एक जना नेपाली सेनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको हो।

     

    ज्यान गुमाएका सैनिक सुर्खेत जिल्ला गुर्माकोट–१४ निवासी अनिल गुरुङ्ग हुन्। संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा पनि गरेका छन्। महासचिव गुटेरेसले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरे।

     

    नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो। 

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology