काठमाडौं । नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको निधन भएको फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।
रुद्रपुर ८ रुपन्देहीका पौडेलको दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र मृगौला प्रत्यारोपण गराएका थिए । विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील पौडेल फिल्म सम्पादनको अलवा एमिनेशन, कलर करेक्सनलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्फोट, रिया, दिलमा सजाएँ तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।





