Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

चुनावी तालमेलकाे सहमतिले जनता उत्साहित छन् : माधव नेपाल

चुनावी तालमेलकाे सहमतिले जनता उत्साहित छन् : माधव नेपाल

images
  • समाचार
  • चैत्र २०, २०७८ आइतवार १४:०४ बजे
  • 814
    SHARES
  • images

    चुनावी तालमेलकाे सहमतिले जनता उत्साहित छन् : माधव नेपाल

     

    मुख्य समाचार |

     

    राजनीति |



    चुनावी तालमेलकाे सहमतिले जनता उत्साहित छन् : माधव नेपाल

    धनगढी, चैत २० गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिले चुनावी तालमेल गर्ने सहमति भएपछि जनता उत्साहित भएको बताउनुभएको छ।

    समाजवादी प्रेस सङ्गठन नेपालले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यो सहमतिले सकारात्मक सन्देश दिएको बताउनुभएको हो। उहाँले प्रतिगामीबाहेक सबैका लागि आफ्नो पार्टी खुला रहेको उल्लेख गर्नुभयो।

    ‘वीन वीनको स्थितिमा चुनावी तालमेल गर्ने सहमतिले सकारात्मक सन्देश दिएको छ। जनता खुशी भएका छन्’, उहाँले भन्नुभयो, ‘यसको विपरित विरोधीको मुख चाउरिएको छ। निन्द्रा हराएको छ।’

    पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति जनताको क्रेज बढेको जिकिर गर्नुभयो। ‘पार्टी प्रवेश गर्नेको लहर चलेको छ। पार्टीमा ठूलो क्रेज छ’, उहाँले अगाडि थप्नुभयो, ‘यो लहरलाई रोक्नका लागि हाम्रा विरोधीले न्वारनदेखिको शक्ति लगाइरहेका छन्। तर, केही हुनेवाला छैन।’

    समयको प्रवाह आफ्नो पार्टीको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यही प्रवाहले अगाडि बढ्न प्रेरित गरिरहेको बताउनुभयो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology