Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२ लाख ५० हजार पुरस्कार भएको युवा संघ को छोटो फिल्म प्रतिस्पर्धा

२ लाख ५० हजार पुरस्कार भएको युवा संघ को छोटो फिल्म प्रतिस्पर्धा

images
  • 1.1K
    SHARES
  • images

    २ लाख ५० हजार पुरस्कार भएको युवा संघ को छोटो फिल्म प्रतिस्पर्धा

    काठमाडौं ।‘म केही गर्छु’ शीर्षकमा राष्ट्रिय युवा संघ नेपालले छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरेको छ ।उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन विषयमा केन्द्रित रही ५ मिनेटको फिल्म निर्माण अध्यक्ष किरण पौडेलले शुक्रबार वक्तव्य जारी गर्दै आह्वान गरिएको जनाएका छन् ।

    yuva.jpg निषेधाज्ञामा युवाहरुको प्रतिभालाई सघाउन राष्ट्रिय युवा संघ नेपालले छोटो फिल्म प्रतिस्पर्धा आयोजना गरेको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।

    प्रतिस्पर्धामा पहिलो हुनेलाई २ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।

    लकडाउनले घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग, प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिस्पर्धा आयोजना गरिएको संघले जनाएको छ ।

    इच्छुकले असार २५ गतेसम्म ‘म केही गर्छु’ शीर्षकमा स्क्रिप्ट office.nyfnepal@gmail.com ठेगानामा इमेल पठाउनुपर्ने भएको छ । स्क्रिप्टलाई विज्ञ समुहले सुझाव दिनेछ ।

    images
  • सम्बन्धित विषय:

  • # युवा संघ
  • # छोटो फिल्म प्रतिस्पर्धा

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology