Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री देउवा साँझ काठमाडौं फर्कने

प्रधानमन्त्री देउवा साँझ काठमाडौं फर्कने

images
  • समाचार
  • चैत्र २०, २०७८ आइतवार १२:४६ बजे
  • 691
    SHARES
  • प्रधानमन्त्री देउवा साँझ काठमाडौं फर्कने
    images

    काठमाडौं, चैत २० । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी पुगेका छन्।

    उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका हुन्।  स्थानीय कला र संस्कृति झल्किने विविध झाँकीहरुबाट उनको सम्मान र स्वागत गरिएको थियो । त्यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा आरजु राणा देउवासहित काशी विश्वनाथको पूजाअर्चना गर्ने कार्यक्रम छ।

    साथै प्रधानमन्त्री देउवाले त्यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने छन्।

    त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए। प्रधानमन्त्री देउवा आजै अपराह्न त्यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ फर्किने कार्यक्रम छ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology