Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले छाडेका १४ सांसदबिरुद्धको मुद्धाको सुनुवाई आज हुँदै

एमाले छाडेका १४ सांसदबिरुद्धको मुद्धाको सुनुवाई आज हुँदै

images
  • समाचार
  • चैत्र २०, २०७८ आइतवार १२:२७ बजे
  • 985
    SHARES
  • एमाले छाडेका १४ सांसदबिरुद्धको मुद्धाको सुनुवाई आज हुँदै
    images

    काठमाडौं, चैत २० । नेकपा एमाले फुटाएर नेकपा(एकीकृत समाजवादी) गठन गरेका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा आइतबारदेखि सुनुवाइ शुरु हुँदैछ। 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीको माग गर्दै दर्ता गरेको रिट निवेदनमाथि आजबाट सुनुवाई हुन लागेको हो। ओलीले एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। एमालेले नेकपा (एकीकृत समाजवादी) पार्टी गलत ढंगले दर्ता गरेको भन्दै रिटमा निर्वाचन आयोगलाई पनि प्रतिवादी बनाइएको छ। १४ सांसदलाई कारवाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको एमालेको आरोप छ।

    यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश डा. कुमार चुडालको छुट्टाछुट्टै इजलासमा यी मुद्धाको प्रारम्भिक सुनुवाई भए पनि अन्तरिम आदेश भने जारी भएको थिएन।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology