काठमाडौं, चैत १९ । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ।
यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगेको नेपाल मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ। नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो।
मलेसियालाई फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ। मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ।




