Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

टुँडिखेलमा मनाइयो घोडेजात्रा, किन मनाइन्छ घोडेजात्रा

टुँडिखेलमा मनाइयो घोडेजात्रा, किन मनाइन्छ घोडेजात्रा

images
  • समाचार
  • चैत्र १८, २०७८ शुक्रवार १७:४९ बजे
  • 250
    SHARES
  • टुँडिखेलमा मनाइयो घोडेजात्रा, किन मनाइन्छ घोडेजात्रा
    images

    काठमाडौँ, चैत १८ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइएको छ। नेपाली सेनाले आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेर मनाएको हो।

    जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको छ।

    6246e3607fcbf_12.jpg

    साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology