काठमाण्डाैॅ, चैत १८ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियामाथि आठ विकेटलको सानदार जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएकाे एक सय ९७ रनकाे लक्ष्य पीएनजीले मात्र दुई विकेट गुमाएर १७.५ ओभरमा पुरा गर्यो। पीएनजीकाे जितमा टाेनी उराले ३४ बलमा १० छक्का र दुई चाैकासहित नटआउट ८६ रन बनाए। यस्तै कप्तान असाद भालाले नटआउट ७४ र चार्ल्स अमिनीले २८ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ र स्याज्रुल इद्रुले एक–एक विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो। मलेसियाका लागि सइद अजिजले ६४, कप्तान अहमद फैजले ६३ र जुबैदी जुलकिफ्लेले ४६ रन बनाए। बलिङतर्फ पीएनजीका कबुआ माेरेले चार विकेट लिए।
भाेलि शनिवार नेपालसँग मलेसियाले खेल खेल्नेछ।




