Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ह्वावेव्दारा २०२१ को वार्षिक प्रतिवेदन जारीः बलियो सञ्चालन, भविष्यको लागि लगानी गर्दै

ह्वावेव्दारा २०२१ को वार्षिक प्रतिवेदन जारीः बलियो सञ्चालन, भविष्यको लागि लगानी गर्दै

images
  • Uncategorized
  • चैत्र १८, २०७८ शुक्रवार ११:२८ बजे
  • 319
    SHARES
  • ह्वावेव्दारा २०२१ को वार्षिक प्रतिवेदन जारीः बलियो सञ्चालन, भविष्यको लागि लगानी गर्दै
    images

    ह्वावेव्दारा २०२१ को वार्षिक प्रतिवेदन जारीः बलियो सञ्चालन, भविष्यको लागि लगानी गर्दै

     

    [शेन्जेन, चीन, २८ मार्च, २०२२] ह्वावेले आफ्नो २०२१ वार्षिक प्रतिवेदन आज जारी गर्दै कम्पनीले गत वर्ष भरि स्थिर सञ्चालन कायम राखेको कुरा जनाएको छ । प्रतिवेदन अनुसार, ह्वावेले २०२१ मा CNY ६३६.८ बिलियन राजस्व हासिल गरेको छ र CNY ११३.७ बिलियन नेट प्रोफिट हासिल गरेको छ जुन वार्षिक ७५.९५ ले बढेको छ । २०२१ मा कम्पनीको R&D खर्च CNY १४२.७ बिलियन पुगेको छ जसले यसको कुल राजस्वको २२.४% प्रतिनिधित्व गर्दछ र विगत १० वर्षमा यसको कुल R&D खर्च CNY ८४५ बिलियन भन्दा बढी भएको छ । त्यसै गरी, कम्पनीले R&D मा निरन्तर लगानी बढाउने योजना पनि बनाएको छ । ह्वावेका रोटेटिंग अध्यक्ष गुओ पिङले प्रेस सम्मेलनमा भन्नुभयो, “समग्रमा, हाम्रो कार्यसम्पादन पूर्वानुमान अनुरूप थियो । हाम्रो क्यारियर व्यवसाय स्थिर रह्यो, हाम्रो इन्टरप्राइज व्यवसायले स्थिर वृद्धि हासिल गर्यो र हाम्रो उपभोक्ता व्यवसाय चाँडै नै नयाँ डोमेनहरूमा विस्तार भयो । साथै, हामी इकोसिस्टम विकासको फास्टट्रयाकमा लागेका छौं।” ह्वावेकी CFO मेंग वान्जोउले पनि कार्यक्रममा भन्नुभयो, “२०२१ मा राजस्वमा कमी आए पनि नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने हाम्रो क्षमता बढ्दै गइरहेको छ र हामी अनिश्चितताको सामना गर्न अझ सक्षम छौं ।” यसका प्रमुख व्यवसायहरूको बढेको नाफाका कारण सञ्चालन गतिविधिहरूबाट कम्पनीको नगद प्रवाह २०२१ मा CNY ५९.७ बिलियनले अदभूत रूपमा बढेको छ । यसको लाएबिलिटी रेसियो पनि ५७.८% मा झरेको छ र यसको समग्र वित्तीय संरचना थप बलियो र लचिलो भएको छ । २०२१ मा ह्वावेको क्यारियर व्यवसायले २८१.५ बिलियन राजस्व उत्पन्न गरेको थियो र विश्वभरका क्यारियरहरूलाई अग्रणी 5G नेटवर्कहरू प्रयोग गर्न मद्दत गरेको छ । तेस्रो-पक्ष परीक्षण परिणामहरूले पत्ता लगाएको छ कि ह्वावेद्वारा स्विट्जरल्याण्ड, जर्मनी, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया र साउदी अरेबिया लगायत १३ देशहरूमा ग्राहकहरूको लागि निर्मित 5G नेटवर्कहरूले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । क्यारियर र र्पाटनरहरूसँग काम गरेर ह्वावेले औद्योगिक 5G एप्लिकेशनहरूको लागि ३,००० भन्दा बढी व्यावसायिक सम्झौताहरू हस्ताक्षर गरेको छ । यी प्रकारका 5G एप्लिकेशनहरू हाल उत्पादन, माइन, फलाम र स्टिल प्लान्ट, र्पोट र अस्पतालहरू जस्ता क्षेत्रहरूमा ठूलो मात्रामा व्यावसायिक प्रयोग देखिरहेका छन् । निरन्तर डिजिटल रूपान्तरण प्रवृतिका कारण २०२१ मा CNY १०२.४ बिलियन राजस्व उत्पन्न गर्दै ह्वावेको उद्यम व्यवसाय पनि द्रुत गतिमा बढेको थियो । गत वर्ष ह्वावेले सरकार, यातायात, वित्त, ऊर्जा र निर्माण जस्ता प्रमुख क्षेत्रहरुका लागि ११ परिदृश्य-आधारित सोलुसनहरू सुरु गरेको थियो । कम्पनीले कोल माइन टिम, स्मार्ट रोड टिम र कस्टम र पोर्ट टिम सहित धेरै समर्पित टिमहरू पनि स्थापना गरेको थियो जसले आफ्ना ग्राहकहरूको अझ प्रभावकारी रूपमा सेवा गर्ने तरिकामा स्रोत संयोजन गर्दछ । ७०० भन्दा बढी सहर र २६७ फर्च्युन ग्लोबल ५०० कम्पनीहरूले ह्वावेलाई आफ्नो डिजिटल रूपान्तरण साझेदारको रूपमा रोजेका छन् र ह्वावे अहिले विश्वभर ६,००० भन्दा बढी सेवा र सञ्चालन साझेदारहरूसँग काम गर्दछ । ह्वावेको उपभोक्ता व्यवसायले उपभोक्ताको चाहना र आवश्यकतालाई बिशेष ध्यान दियो जसले कम्पनीको विश्वभरका उपभोक्ताहरूका लागि सिमलेस AI लाइफ रणनीतिको एक भागको रूपमा, स्मार्ट, अल-कनेक्टेड युगको लागि विश्वव्यापी इकोसिस्टमको निर्माण गर्यो । यो व्यवसायले २०२१ मा CNY २४३.४ बिलियन राजस्व उत्पन्न गरेको थियो र स्मार्ट वेरेबल, स्मार्ट स्क्रिन, ट्रु वायरलेस स्टेरियो (TWS) इयरबडहरू र ह्वावे मोबाइल सेवाहरू (HMS) मा स्थिर रुपमा बिक्री वृद्धि जारी राखेको छ । विशेष गरी, स्मार्ट वेरेबल र स्मार्ट स्क्रिन सेग्मेन्ट दुबैले ३०%+ वार्षिक वृद्धि देखेको थियो । कुल मिलाएर, २०२१ सम्म HarmonyOS २२० मिलियन ह्वावे उपकरणहरूमा प्रयोग भएको थियो जुन संसारको सबैभन्दा छिटो बढिरहेको मोबाइल उपकरण अपरेटिङ सिस्टम बन्न पुगेको छ । गत वर्ष ह्वावेले खुला सहयोग र साझा वृद्धिका सिद्धान्तहरूमा आधारित आफ्नो openEuler, MindSpore र HarmonyOS इकोसिस्टमहरू निर्माण गर्नमा पनि ध्यान केन्द्रित गरेको थियो । ८० लाख भन्दा बढी विकासकर्ताहरूले हाल ह्वावेको खुला प्लेटफर्महरू, खुला स्रोत सफ्टवेयर र विकास उपकरणहरू, नयाँ व्यापार सिनारियोहरू र व्यापार मोडेलहरू अन्वेषण गर्न प्रयोग गरिरहेका छन् । गुओले जोड दिनुभयो, “अगाडि बढ्दै जाँदा, ह्वावेले डिजिटलाइजेसन, इन्टेलिजेन्ट रूपान्तरण र लो कार्बनको आफ्नो यात्रालाई अगाडि बढाउनेछ । प्रतिभा, वैज्ञानिक अनुसन्धान र एक इनोभेटिभ भावनामा भर पर्दै हामीले आधारभूत सिद्धान्त, आर्किटेक्चर, सफ्टवेयर र हाम्रो दीर्घकालीन प्रतिस्पर्धा निर्माणलाई पुनः आकार दिन लगानीलाई निरन्तर वृद्धि गर्नेछौं ।” २०२१ को वार्षिक प्रतिवेदनमा भएका सबै वित्तीय विवरणहरू अन्तर्राष्ट्रिय बिग फोर लेखा फर्म KPMG द्वारा स्वतन्त्र रूपमा लेखापरीक्षण गरिएको थियो । २०२१ वार्षिक रिर्पोट डाउनलोड गर्न, कृपया जानुहोस् https://www.huawei.com/en/annual-report/2021. ह्वावेको बारेमा १९८७ मा स्थापित, ह्वावे सूचना र सञ्चार प्रविधि (ICT) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी विश्वव्यापी प्रदायक हो । हामीसँग १९५,००० कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा काम गर्छौं, विश्वभरका तीन अरब भन्दा बढी मानिसहरूलाई सेवा दिइरहेका छौं । हाम्रो भिजन र मिसन भनेको पूर्ण रूपमा कनेक्टेड भएको, इन्टेलिजेन्ट संसारको लागि हरेक व्यक्ति, घर र संस्थामा डिजिटल ल्याउनु हो । यसका लागि, हामी सर्वव्यापी कनेक्टिभिटि र समावेशी सञ्जाल पहुँच तिर काम गर्नेछौं, एक इन्टेलिजेन्ट संसारको लागि जग बसाल्छौं; पृथ्वीको चारै कुनामा क्लाउड र इन्टेलिजेन्स ल्याउनको लागि तपाईलाई आवश्यक पर्ने ठाउँमा विविध कम्प्युटिङ पावर प्रदान गर्नेछौं; सबै उद्योग र संस्थाहरूलाई थप चुस्त, दक्ष र गतिशील बन्न मद्दत गर्न डिजिटल प्लेटफर्महरू निर्माण गर्नेछौं; र AI को साथ प्रयोगकर्ता अनुभवलाई पुन: परिभाषित गर्नेछौं, मानिसहरूलाई उनीहरूको जीवनका सबै पक्षहरूमा स्मार्ट र थप निजीकृत बनाउने छौं चाहे घरमा होस्, हिँड्दा, अफिसमा, रमाइलो गर्दा वा बाहिर काम गर्दा । थप जानकारीका लागि, कृपया ह्वावे अनलाइन www.huawei.com मा हेर्नुहोस् वा फलो गर्नुहोस्ः http://www.linkedin.com/company/Huawei http://www.twitter.com/Huawei http://www.facebook.com/Huawei http://www.youtube.com/Huawei ​ 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology