Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

images
  • समाचार
  • चैत्र १८, २०७८ शुक्रवार ०९:३२ बजे
  • 214
    SHARES
  • मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण
    images

    काठमाडौँ, चैत १८ । गतबर्बाषको बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ।

    खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो। मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिए। न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवक्र्स र अम्बाथानतर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ।

    गत असार १ र साउन १७ गते आएको बाढीले आयोजनाका प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो। बाढीले आयोजनाका मुख्य ढोका क्षतिग्रस्त बनाएको थियो भने बाहिरी भागसमेत पुरेका कारण आयोजना पूर्ण रूपमा बन्द भएको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology