Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

तेस्रो खेलमा नेपालले आज पीएनजीसँग खेल्ने

तेस्रो खेलमा नेपालले आज पीएनजीसँग खेल्ने

images
  • खेलकुद
  • चैत्र १७, २०७८ बिहिवार १०:०५ बजे
  • 496
    SHARES
  • तेस्रो खेलमा नेपालले आज पीएनजीसँग खेल्ने
    images

    काठमाडौं, चैत १७ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ। खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे  सुरु हुनेछ।

    सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै  फाइनल पुग्न चाहन्छ। सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो।

    नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन। पीएनजी अन्तिममा रहेको छ । मलेसिया २ खेलमा १ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology