Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मलेसियाद्वारा नेपाललाई ११५ रनको सामान्य लक्ष्य

मलेसियाद्वारा नेपाललाई ११५ रनको सामान्य लक्ष्य

images
  • खेलकुद
  • चैत्र १६, २०७८ बुधवार १४:१६ बजे
  • 508
    SHARES
  • मलेसियाद्वारा नेपाललाई ११५ रनको सामान्य लक्ष्य
    images

    काठमाडौं, चैत १६ । त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत नेपाललाई मलेसियाले जितका लागि ११५ रनको सामान्य लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउॅदै ११४ रन बनाएको हो। मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए। इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो। 

    मलेसायका ओपनर विरनदीपको पहिलो विकेट करणले लडेका हुन्। तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै आक्रमक इनिङ्स अघि बढाए। सातौ ओभरमा कुशल मल्लले जुबाईदीलाई बोल्ड गर्दै साझेदारी तोडे पछि खासै चल्न सकेनन्। जुबाईदीले १५ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडे। त्यसपछि सयद अजिज १४ रन बनाएर आउट भए। कप्तान अहमद फैजले २४ रन जोडे। सर्भिएन मुनिएन्डी ९, मुहम्मद अमिर १६ र विजय उन्नी ३ रनमा आउट भए। अमर जुहदीले खाता समेत खोल्न सकेनन्।

    बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए। करणले ३ ओभरमा १६ रन मात्र खर्चिए भने सन्दीपले ४ ओभरमा २७ रन खर्चिए। किफायती बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडन राख्द १४ रन खर्चेर १ विकेट लिए। यस्तै अविनाश बोहरा र कुशल मल्लले पनि १-१ विकेट लिए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # neppai cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology