Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पीएनजीलाई ८ रनले हरायो

त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पीएनजीलाई ८ रनले हरायो

images
  • खेलकुद
  • चैत्र १५, २०७८ मंगलवार १६:०८ बजे
  • 592
    SHARES
  • त्रिदेशीय टी–२० शृङ्खलामा  मलेसियाले पीएनजीलाई ८ रनले हरायो
    images

    काठमाण्डाै, चैत १५ ।  त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ। मलेसियाले दिएकाे एक सय ८१ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९.३ ओभरमा एक सय ७२ रनमा अलआउट हुन पुग्यो। 

    पीएनजीका लागि टाेनी उराले ५६ र नाेरमन भानुआले ४५ रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्क जोड्न सकेनन्। बलिङतर्फ मलेसियाका शरविन मुनिएन्डीले चार विकेट लिए। यस्तै मुहम्मद वकिफ र पवनदीप सिंहले तीन–तीन विकेट लिए।

    यसअघि कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८० रन बनायो। मलेसियाका लागि विरन्दीप सिंहले नटआउट ५९, अहमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए। बलिङतर्फ पीएनजीका नोर्मन वनुवाले दुई विकेट लिए भने पोकनाले एक विकेट लिए। 

    त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले दोस्रो खेल भोलि बुधवार मलेसियासँग र तेस्रो खेल पर्सि बिहीवार पीएनजीसँग खेल्नेछ। काठमाडौं, फागुन १७ । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

     

    चार हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा ९२ जनामा र दुई हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा गरी १५८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३५४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३८ पुगेको छ

     

     

     

    अन्तिम अपडेट: चैत १५, २०७८

    images
  • सम्बन्धित विषय:

  • # खेलकुद

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology