काठमाडौं, चैत १४ । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पाॅच हजार १५२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा र एक हजार १५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३१९ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन।
२४ घण्टाभित्र एक लाख छ हजार ९७ जनाले खोप लगाएका छन्।




