
काठमाडौं,
सेयर कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घट्यो । चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भनी धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमको सूचीमा राखेपछि लगानीकर्ता त्रसित बनेका थिए
यसैले साना लगानीकर्तालाई सेयरसम्बन्धी जानकारी दिने सोसल ग्रुपहरूमा ‘पेनिक सेल’ (आत्तिएर गर्ने बिक्री) नगर्न धेरै नै सुझाएका पनि थिए । तर, पनि बुधबारको बजारमा ५२ अंकको गिरावट आयो । फाइनान्स र हाइड्रोपावर कम्पनीका अधिकांश कम्पनीमा नकारात्मक सर्किट नै लाग्यो ।
धेरै लगानीकर्ताको अनुमान थियो कि बिहीबार पनि बजारमा ठूलो अंकको गिरावट आउने छ । तर, धितोपत्र बोर्डले विशेषगरी हाइड्रोपावर, फाइनान्स र बीमा कम्पनीका सेयर किन्न लगाएको लगामलाई लगानीकर्ताको उच्च मनोबलका कारण धेरैको अपेक्षाविपरीत बिहीबार सेयर बजार सम्हाल्यिो ।
लगानीकर्ताको स्वतन्त्रतालाई लगाम लाउन खोजिएको भन्दै धितोपत्र बोर्डको विज्ञप्तिमा स्वतन्त्र ऊर्जा उत्पादक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ तथा लगानीकर्ता संगठनलगायतले विरोध जनाएका छन् ।




