Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री देउवा भारत जाने, भारतीय समकक्षी मोदीबीच १९ गते भेट हुने

प्रधानमन्त्री देउवा भारत जाने, भारतीय समकक्षी मोदीबीच १९ गते भेट हुने

images
  • समाचार
  • चैत्र १४, २०७८ सोमवार १४:३६ बजे
  • 394
    SHARES
  • प्रधानमन्त्री देउवा भारत जाने, भारतीय समकक्षी मोदीबीच १९ गते भेट हुने
    images

    काठमाडौं, चैत १४  । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्।

    भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनेछन्। प्रधानमन्त्री देउवासहितका प्रतिनिधिहरुलाई भारतीय उपराष्ट्रपति एम वेंकैया नायडूले स्वागत गर्नेछन्।

    परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चैत १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने भनिएको छ।

    साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

    त्यस्तै, प्रधानमन्त्री देउवाले भारत भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री चैत २० गते काठमाडौं फर्कनुअघि वाराणशीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # sher bdr deuwa

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology