काठमाडौं, चैत १३ । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जन बढी यात्रु घाइते भएका छन्।
बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ तर मृतकको नाम भने खुल्न सकेको छैन्। अन्य तीन दर्जन यात्रु घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ। बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




