Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक

नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक

images
  • खेलकुद
  • चैत्र ११, २०७८ शुक्रवार १८:०० बजे
  • 667
    SHARES
  • नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक
    images

    काठमाडौं, चैत ११ । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरे पनि खेलमा नेपाल पराजित भएको छ।

    शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहितले कीर्तिमानी शतक प्रहार गरेका हुन्। यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो। पीएनजी विरुद्धको खेलमा पौडेलले १०७ बल खेल्दा ७ चौका र ४ छक्काको मद्दतमा १२६ रन बनाए। नेपालका लागि एकदिवसीय खेलको पहिलो कीर्तिमानी शतक पारस खड्काको नाममा छ।

    रोहितले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको छ। पाहुना टोली पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रनमा समेटियो। पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा नेपालले २८६ रन बनाएको हो।

    एकदिवसीय खेलमा पौडेल सर्वाधिक रन बनाउने तथा पाँच सय रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। नेपालका लागि आरिफ शेख ३४, कुशल भुर्तेल ३२, सोमपाल कामी र कमलसिंह ऐरीले १८–१८, भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए।

    पपुवा न्युगिनीका नोरमान भानुले ३, असाद भाला र चाल्र्स अमिनीले २–२ र नोसैना पोकनाले एक विकेट लिए।

    त्रिवि मैदानमा पीएनजीका दुई खेलाडीले अर्धशतक पूरा गरे। चाल्स अमिनीले ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन बनाए। पीएनजीका लागि नोरमान भानुअले ४७, टोनी उराले ३८, रिले हेकुरेले ३१ रन बनाए भने जासन किलले १३ रन बनाए।

    शुक्रबारको खेलमा बलिङमा कमजोर देखिएको नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले समान दुईदुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र आरिफ शेखले भने एकएक विकेट लिए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # neppai cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology