काठमाडौँ,
काठमाडौँ महानगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ दिने भएको छ ।
मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको मेयर विद्यासुन्दर शाक्यलेशाक्यले जानकारी दिए ।
बिहीबार नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै उनले मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।





