काठमाडौं, १० । प्रधामन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुने बताएका छन्।
स्याङ्जाको चापाकोट नगरपालिकाको प्राशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन सरकारले निर्वाचनको तयारी तीब्र रुपमा अगाडि बढाएको बताए।
विपक्षीहरु सरकार निर्वाचन भाँड्न लागेको भनेको बताउँदै प्रधामन्त्री देउवाले सरकार निर्वाचन भाँड्न नभई समयमै निष्पक्ष निर्वाचन गर्न लागिपरेको पनि बताए। उनले विपक्षी दल बरु विभिन्न बाहाना निकाल्दै निर्वाचन पछाडि धकेल्ने दौडमा लागेको जिकिर गरे।
स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा चल्ने सरकार भएको बताउँदै प्रधामन्त्री देउवाले स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए। सीमित स्रोत साधनको प्रयोगले चापाकोट नगरपालिकाले राम्रो काम गरेको बताउँदै प्रधामन्त्री देउवाले यहाँका हरेक बिकासका काममा सरकार सहयोग गर्न प्रतिबद्ध रहेको बताए।




