Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फिफा विश्वकपको ‘ड्र’ अर्काे साता हुने

फिफा विश्वकपको ‘ड्र’ अर्काे साता हुने

images
  • खेलकुद
  • चैत्र ९, २०७८ बुधवार १७:०१ बजे
  • 607
    SHARES
  • images

    काठमाडौं, चैत ९ । यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ अर्को साता हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले मंगलबार १ अप्रिलमा विश्वकपको ‘ड्र’ निकाल्ने घोषणा गरेको हो।

    विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ। कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ भने आठौं देखि १५औं वरीयतासम्मका टोलीहरु पट २ मा हुनेछ। १६औं देखि २३औं वरीयतासम्म टोली पट ३ मा तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ। यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोलीहरु रहनेछन्।

    अन्तर महादेशीय छनोटका खेलहरु जुन १३ र १४ मा कतारमा हुनेछ। कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित १५ राष्ट्र छनोट भइसकेका छन्। छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान र दक्षिण कोरिया रहेका छन्।

    यसपटकको विशवकप २१ नोभेम्वर २०२२ बाट शुरु भएर १८ डिसेम्वर २०२२ सम्म चल्नेछ। विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरु समरमा नभई विन्टरमा हुन लागेको हो।

    images
  • सम्बन्धित विषय:

  • # world cup

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology