Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना सङ्क्रमण, २६९ जना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना सङ्क्रमण, २६९ जना सङ्क्रमणमुक्त

images
  • समाचार
  • चैत्र ९, २०७८ बुधवार १६:४८ बजे
  • 397
    SHARES
  • images

    काठमाडौं, चैत ९ । पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पाँच हजार ३७६ जनाको परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८५५ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा र १५ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ। सोहि अवधिमा २६९ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा मुलुकमा सन्तानब्बे हजार ३०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै नेपालमा हाल दुई हजार ४५३ जना सक्रिय सङ्क्रमित छन्।

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology