काठमाडौं, चैत ९ । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ।
सर्भरहरुमा विधुतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो। ‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो। अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानी सहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको हो।




