Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ह्वावेव्दारा AR ह्वाइट पेपर र 5G+AR को फाइदाबारे  विस्तृत  विवरण जारी

ह्वावेव्दारा AR ह्वाइट पेपर र 5G+AR को फाइदाबारे  विस्तृत  विवरण जारी

images
  • समाचार
  • आषाढ ४, २०७८ शुक्रवार १६:२६ बजे
  • 2.8K
    SHARES
  • ह्वावेव्दारा AR ह्वाइट पेपर र 5G+AR को फाइदाबारे  विस्तृत  विवरण जारी
    images

    ह्वावेव्दारा AR ह्वाइट पेपर र 5G+AR को फाइदाबारे  विस्तृत  विवरण जारी

     जुन१७, २०२१,       5G + AR कोलागि ह्वावेको बेटर वर्ल्ड शिखर सम्मेलनमा ह्वावे क्यारीयर बीजीसीएम ओबब्काईले ट र्निंग ड्रिम्स इन्टु रीयालिटि  शीर्षकमा आफ्ना अमुल्य कुरा राख्नुभयो। यस मन्तव्यमा काईले भन्नुभयोकि  5G ले AR अन गर्दछ र AR ले 5G लाई उज्यालो बनाउँदछ। उहाँले AR इनसाइट एण्ड एप्लिकेसन प्राक्टिस व्हाइट पेपर पनि जारी भएको घोषणा गर्नुभयो जुन उपकरण, एप्लिकेसन र नेटवर्किंगको सन्दर्भमा AR उधोगलाई अन्तरदृष्टि प्रदान गर्दछ।काईले समग्र उधोगलाई समृद्ध 5G+AR इकोसिस्टमको लागि कामगर्न आह्वान गर्नुभयो।

    B8F793B2-1AEB-400F-9DAE-AF94BC6F8117.jpegह्वावे क्यारीयर बीजीसीएमओ  बब्काई आफ्नो मन्तब्य राख्दै

    AR ले नयाँ फ्रन्टियर सिर्जना गर्दछ

    ह्वावे र तेस्रो–पार्टी डाटाले पूर्व अनुमान गरेको छकि २०२५ सम्म AI मार्केट ३०० अर्बअमेरिकी डलर बराबर हुनेछ।“ AR लेपहिला पाँच प्राथमिक उधोगहरुः शिक्षा, सोशल नेटवर्किंग, सपिंग, यात्रा र नेभिगेसन, गेमिंगमा व्यापक अडप्सन देख्नेछ“ काईले भन्नुभयो | “ AR ले सपनालाई साँचो बनाउन पक्कैपनि भौतिक र डिजिटल संसारको कनभर्जेन्स सक्षम पार्न सक्दछ।“

    AR ले संचार अधिक कुशल बनाउँछ

    कार्यक्रममा काईले ह्वावेले अपनाएको AR सम्बन्धी केस स्टडि सार्वजनिक गर्नुभएको थियो। कोभिड–१९ को कारण ले विश्वभरका ग्राहकहरू ह्वावे आउन असमर्थ छन्, त्यसैले ह्वावेले आफ्नो अग्रणी प्रोडक्ट र सोलुसनहरू अनलाइन प्रदर्शन गर्न AR को प्रयोग गर्दछ जसले सञ्चारलाई अझबढी कुशल बनाउँदछ।ह्वावेले 5G बेस स्टेशनको वितरणछि टो प्राप्त गर्न पनि AR को उपयोग गर्दछ जसले वितरण दक्षता वृद्धि गर्दछ।

    AR लाई सरल पार्दै ह्वावे

    कार्यक्रममा काईले ह्वावेले कसरी AR “उत्पादनू” गर्दछ भनेर देखाउनु भयो।ह्वावेको एयरफोटोले 2D फोटोलाई डिजिटल 3D मोडलमा रूपान्तरण गर्न अद्वितीय एल्गोरिदम प्रयोग गर्दछ, र AR 3D क्यारेक्टर मोडलिंगलाई सरलीकरण गरेको छ।काईले ह्वावे AR इञ्जिन प्रस्तुत गर्नुभयो जुन कम्पनीको मोबाइल उपकरणहरु तर्फ उन्मुख AR विकास प्लेटफार्म हो।ह्वावे AR इञ्जिनसँग डेभ्लपरहरूले AR प्रभावहरू सिर्जनागर्न केवल १० लाइनको कोड लेख्नुपर्दछ जसले AR एप्लिकेसन विकासको दक्षतामा ठूलोरुपमा वृद्धि गर्दछ।

    5G + AR इको सिस्टम बनाउन सम्पूर्ण उधोगले मिलेर काम गर्नु पर्दछ

    कार्यक्रममा उच्च प्रोफाइलका धेरै अतिथिहरू उपस्थित भई किनोट मन्तव्य व्यक्त गर्नुभएको थियो, जस्तै हेचेन्जियन, शेन्जेन कम्युनिकेशन ब्यूरोका निर्देशक, डेभिडमैकक्वीन, स्ट्रेटिजीएनालाईटिक्सकाकार्यकारीनिर्देशक, ह्वांगहे, शेन्जेनटिभीस्टेशनकाचीफप्रोड्यूसर, वीरोङ्जी, रियल मैक्सका सीईओ, हीरोशी फुकुडा, मिलिप सीईओ, लिआंगजिन्हाओ, चीन क्षेत्रका प्रतिनिधि र फुजी, शेन्जेन AR एसोसिएशनका कार्यकारीनिर्देशक।वँहाहरूले भर्खरको AR प्रयोगका केसहरू र AR को भविष्यका प्रवृतिको बारेमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो।

    7848E97C-9EDE-45D0-BF9C-296BBCFBDA41.jpegशेन्जेन कम्युनिकेशन ब्यूरोका निर्देशक हेचेन्जियन किनोट मन्तव्य राख्दै |

    हेचेन्जियनका अनुसार शेन्जेन पूर्ण  SA5G कभरेज भएको संसारकै पहिलो शहर हो।AR ले प्रतिनिधित्व गरेको आईसीटी सेवाहरू औद्योगिक उत्पादन, ई–कर्मस, रीयल स्टेट, होम डेकोर, संस्कृति, खेल, पर्यटन, स्वास्थ्य सेवा र शिक्षा सहित उद्योगहरू मा सम्भाव्य रूपमा अपनाउन सकिन्छ।AR एप्लिकेसनहरू डिजिटल रूपान्तरणको लागि एक प्रमुख इञ्जिन बनेका छन्र यसले गहन रूपमा उत्पादन विधि र हाम्रो बाँच्ने तरिकाहरू परिवर्तन गर्दछं।

    आफ्नो मन्तव्यको अन्त्यमा काईले भन्नुभयो, “यदि तपाईं छिटो जान चाहनुहुन्छ भने एक्लै हिंड्नुहोस्, यदि तपाईं टाढासम्म जान चाहनुहुन्छ भने सँगै हिंड्नुहोस्।AR को विकास गर्न समग्र उद्योग मिलेर काम गर्न र समृद्ध 5G+AR भ्यालु चेन सिर्जना गर्न आवश्यक छ । AR र 5G उचित समयमा मिल्दैछन्। 5G ले ARअन गर्दछ र AR ले 5G लाई उज्यालो बनाउँदछ”।

    www.huawei.com

    https://twitter.com/Huawei_Nepal

    https://www.facebook.com/HuaweiTechNP

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology