Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संवैधानिक नियुक्ति खारेज गर्न कानुन व्यवसायीको माग

संवैधानिक नियुक्ति खारेज गर्न कानुन व्यवसायीको माग

images
  • समाचार
  • चैत्र ९, २०७८ बुधवार १४:५० बजे
  • 247
    SHARES
  • images

    काठमाडौं, चैत ९ । कानुन व्यवसायीहरुले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषदले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन्। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिस विरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन्।

    वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी, राजुप्रसाद चापागाई लगायतले तत्कालिन प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु संविधानको प्रावधान विपरीत भएकाले अध्यादेश अनुसार बसेको संवैधानिक परिषदको बैठक नै अवैध भएको बताए। बैठक नै अवैध भएकाले उक्त बैठकले गरेको सिफारिसमा संवैधानिक आयोगहरुमा भएको नियुक्ति पनि अवैध भएको भन्दै उनीहरुले संवैधानिक इजलासले सो नियुक्ति बदर गर्न अन्तरिम आदेश दिनुपर्ने उनीहरुले माग गरेका छन् । 

    प्रधानन्यायाधीश र संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक आयोगमा प्रधानमन्त्रीको नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख रहने संवैधानिक व्यवस्था छ।

    तर तत्कालिन प्रधानमन्त्री ओलीले तीन जना सदस्य उपस्थित भए बैठक बस्न र निर्णय गर्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेका थिए। अध्यादेशको व्यवस्था अनुसार बसेको बैठकले दुई पटक गरी संवैधानिक आयोगमा ५२ जना पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology