Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दश जिल्लाका डीएसपी फेरिए

दश जिल्लाका डीएसपी फेरिए

images
  • समाचार
  • चैत्र ९, २०७८ बुधवार १२:३२ बजे
  • 211
    SHARES
  • images

    काठमाडौं, चैत ९ । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ।

    प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ। म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ भने सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर खटाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दार्चुलामा प्रतीक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसीलाई पठाइएको छ।

    नियमित सरुवा गर्नुपर्ने अवधि पुगे पनि प्रधान कार्यालयले सरुवा छलेर शक्तिकेन्द्रको रोजाइका अधिकृतहरूलाई काजमा पठाएको छ। एक वर्षमा हुनुपर्ने प्रहरी अधिकृतहरुको सरुवा १८ महिनादेखि हुन सकेको थिएन। 


     

     

    images
  • सम्बन्धित विषय:

  • # nepal police

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology