Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विश्वकै छैटौँ प्रदूषित शहरमा काठमाडौं

विश्वकै छैटौँ प्रदूषित शहरमा काठमाडौं

images
  • समाचार
  • चैत्र ९, २०७८ बुधवार ११:४२ बजे
  • 289
    SHARES
  • images

    काठमाडौं, चैत ९ । काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ।

    भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ। दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो। विश्वका १०० प्रदूषित शहरहरुमध्ये ६३ भारतमा परेका छन्। त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभभन्दा प्रदूषित सहर बनेको छ। प्रदूषित देशको सूचीमा चाँद र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् भने पाँचौँमा भारत छ। 

    आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन्। सर्वेक्षण गरिएका शहरहरुमध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए। ११७ देशका ६ हजार ४७५ शहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ। 

    कम्तिमा ९३ शहरहरुको पीएम २ दशमलब ५ तह विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो। तर, केही देशले प्रदूषण नियन्त्रण गर्न सफलता प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ। ‘केही देशले प्रदूषण कटौतीमा ठूलो प्रगति गरिरहेका छन’, आइक्यूएयरकी विज्ञान प्रबन्धक क्रिष्टि श्रोडरले भनिन्।
       

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology