Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाल द्वारा पीएनजी सात विकेटले पराजित

नेपाल द्वारा पीएनजी सात विकेटले पराजित

images
  • खेलकुद
  • चैत्र ८, २०७८ मंगलवार १८:०९ बजे
  • 268
    SHARES
  • नेपाल द्वारा पीएनजी सात विकेटले पराजित
    images

    काठमाडौं, चैत ८ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनी ९पीएनजी०माथि नेपालको विजयी भएको छ। मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो।

    यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो। यसअघि पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।

    नेपालको जितमा आरिफ शेखले ५९ रनको अर्धशतकीय योगदान दिए। कुशल भुर्तेलले ५० रनको योगदान दिए भने रोहित पौडेल ४४ बनाए। पीएनजीका चाल्र्स अमिनीले दुई र काबुआ मोरले एक विकेट लिए। यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिएका थिए। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक–एक विकेट लिए।

    नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले मङ्गलबार चौंथो खेलमा जिते हो।

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology