काठमाडौं, चैत ८ । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत दशककै उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्।
सन् २०१४ यता राष्ट्रिय टोलीमा डेब्यु गर्दै निरन्तर खेल खेल्दै आईरहेकी छिन्। नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय लिगमा पनि प्रभावव जमाइसकेकी छिन्। २५ वर्षीय सावित्रा यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी अवार्ड समेत जितेकी थिइन्।
राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेकी सावित्राले दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता बनेकी छिन्। भारतको शीर्ष डिभिजन लिग, भारतीय महिला लिगमा पनि सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले कोरोना महामारीअघि सन् २०१९ मा सेथु एफसीका लागि खेल्दै उपाधि दिलाएकी थिइन्।




