काठमाडौं, चैत ८ । पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। छ हजार ५९४ जनामा परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार चार हजार ४९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा र दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको हो। कोरोनाबाट एक जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ४८१ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा तीरहत्तर हजार ६४२ जनाले खोप लगाएका छन्। हाल देशभर दुई हजार ६८८ सकृय सङ्क्रमित रहेका छन्।




