Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन

images
  • समाचार
  • आषाढ ४, २०७८ शुक्रवार १६:१० बजे
  • 973
    SHARES
  • images

     सुर्खेत,

    एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

    UML-karnali.jpg

     
    नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताए,

    गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।

    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology